Lite Nepal

शनिबार, कार्तिक २१, २०८३

धरान। सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो सामग्रीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कात्तिक १० गते धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकपोस्टमा इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र. –०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक चेकजाँच गर्ने क्रममा उक्त सामग्री फेला परेको प्रहरीले जनाएको छ।

मिनी ट्रकमा अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरी राखिएको पारदर्शी सेतो ठोस पदार्थ ४७ किलो बरामद गरिएको थियो। उक्त पदार्थ नियन्त्रणमा लिन खोज्दा ट्रकमा सवार व्यक्तिहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार बरामद गरिएको पदार्थ परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला, सामाखुसी, काठमाडौं पठाइएको थियो। प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा उक्त पदार्थ गन पाउडररब्ल्याक पाउडर बनाउन प्रयोग हुने सामग्री रहेको उल्लेख छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीप कुमार साह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन्। उनीहरूमाथि यसअघि इलाका प्रहरी कार्यालय धरानबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। प्रयोगशालाको प्रतिवेदन प्राप्त भएपछि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं