Lite Nepal

बिहिबार, कार्तिक २६, २०८३

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज बिहान यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ५ जना पुरुष, ३ जना महिला र बालिका २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ५ (बालक २, पुरुष ३) जना घाइते भएका छन् ।

३ जना घाइतेहरुलाई हेटौंडा अस्पतालमा ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं