काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ।

पाँच खेलबाट दुई जित निकालेको विराटनगर छैटौं स्थानमा छ भने एक खेल मात्र जितेको पोखरा अंक तालिकाको पुछारमा रहेको छ।

यसैगरी, दोस्रो खेलमा दिउँसो साढे ४ बजे कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ।
पाँच खेलमा दुई जित निकालेको कर्णाली सातौं स्थानमा रहँदा लुम्बिनी तीन जितसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।