Lite Nepal

बिहिबार, कार्तिक २६, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन्।

पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।

आजको खेलमा विराटनगरले तीन परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रन्जानेको स्थानमा इसुरु उढाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसी पहिलो रोजाइमा खेल्दैछन् ।

पोखराले पनि दुई परिवर्तन गरेको छ । विवेक राना मगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिस खेल्दैछन्। आज पहिलो रोजाइमा रहेका विराटनगर उडाना र पोखराका रमेश मेन्डिसले यसै खेलबाट एनपीएलमा डेब्यु गर्दैछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं