लक्ष्मी कटुवाल

शुक्रबार, आश्विन १६, २०७७

विराटनगर । झापाको दुई फरक स्थानबाट खैरो हिरोइन (ब्राउनसुगर) सहित तीन जना पक्राउ परेका छन् ।

कचनकवल गाउँपालिका १ बगान र गौरीगंज गाउँपालिका २ दासचौरीबाट तिन भारतिय नागरिक ब्राउनसुगर सहित पक्राउ परेका हुन् ।

बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन । विहीबार दिउसो पौने ४ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आलमलाई प्लाष्टिकमा लुकाइ राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसै गरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंहमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम रहेका छन ।

उनिहरुलाई दासचौरी स्थितमा खटिएको प्रहरी टोलीले विहीबार राती ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

पक्राउ परेका तिनै जना भारतिय नागरिक माथि थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं