ताप्लेजुङ । ताप्लेजुङको ऐतिहासिक, व्यापारिक तथा पर्यटकीय क्षेत्र ओलाङचुङगोलामा मंगलबार गाडी पुगेको छ ।
यसअघि नै ओलाङचुङगोला हुँदै नेपाल–चीन नाका टिपताला सम्म सडक पुगे पनि बिचका विभिन्न स्थानका नदीमा पुल निर्माण नहुँदा सवारीसाधन पुग्न सकेका थिएनन् ।

नदीमाथि केही स्थानमा पुल निर्माण गर्नुको साथै सुपर तमोर हाइड्रोपावरको मेसिनबाट सडक सफा गरिएपछि मंगलबार यात्रुवाहक बोलेर जीप ओलाङचुङगोला पुगेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामा शेर्पाले जानकारी दिए ।

सवारी चालक रबिन गुरूङले गाडी लिएर गएका हुन् ।