Lite Nepal

शुक्रबार, कार्तिक २७, २०८३

विराटनगर । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङका राहत शिक्षक सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

थारु मोरङको ग्रामथान गाउँपालिका-५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयमा निम्न माध्यमिक तहको गणित विषयका राहत शिक्षक हुन् ।

आयोगका अनुसार उनले उक्त पदमा नियुक्ति पाउन भारतको बिहार स्कुल एक्जामिनेसन बोर्डबाट जारी भएको भनिएको आईएस्सी तहको नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

उजुरीमाथि अनुसन्धान गर्दा थारुले सोही प्रमाणपत्रका आधारमा नियुक्ति लिएको पाइएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै शुक्रबार आरोप पत्र दायर गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं