Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अध्यावधिक हुन ढिलाइ भएको छ । आयोगले मागेका आवश्यक कागजात पार्टीले अझै बुझाउन नसकेपछि अध्यावधिक प्रक्रिया रोकिएको हो ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो । नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते नयाँ कार्यसमिति अध्यावधिकका लागि निर्वाचन आयोगमा आवश्यक कागजात पेस गरेको थियो । तर, आयोगले थप कागजात मागेपछि अध्यावधिक प्रक्रिया अघि बढ्न सकेको छैन ।

मंगलबार पनि कांग्रेसका नेताहरू आयोगले मागेका थप कागजात बुझाउन दिनभर कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेका थिए । यसैबीच, कांग्रेसभित्र महाधिवेशनलाई लिएर विवाद चर्किएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वमा सम्पन्न महाधिवेशनलाई मान्यता नदिने बताउँदै समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ ।

देउवा पक्षले यही मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने मिति तय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं