Lite Nepal

शुक्रबार, मंसिर ०४, २०८३

दमक । गतवर्ष भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा आगजनी गरी ध्वस्त पारिएको दमकस्थित भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले एक विज्ञप्तिमार्फत् भोलिदेखि सञ्चालनमा आउन लागेको जानकारी गराएका छन् ।

गतवर्ष भदौ २४ गतेका दिन भाटभटेनीका कम्तिमा पनि १२ वटा स्टोरमा आगजनी गरेर पूर्ण ध्वस्त पारिएको थियो । भाटभटेनीले हेटौंडाबाहेक सबै स्टोरहरु पुनः सञ्चालनमा ल्याइसकेको छ ।

गुरुङले जारी गरेको विज्ञप्तिमा भनेका छन्– यति ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यवसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता गरेन । भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा हामीले असर पर्न दिएनौँ । कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ ।”

उनले पूर्णरुपमा आगजनी भएका स्टोरहरुको पुनःनिर्माण स्वाभाविकरुपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भएको बताएका छन् ।

गुरुङले दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरु, चौबीसैघण्टा खटेर पुनःनिर्माणको काममा साथ दिने कर्मचारीवर्ग, स्टोर पुनःसञ्चालनको पर्खाइमा बस्नुभएका भगवान् रुपी ग्राहकहरुप्रति हामी नमन गर्न चाहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं