काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका तथा खोँचका अधिकांश स्थानमा तुवाँलो लागेको छ।

आज दिउँसो र राति कोशी तथा मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भूभागको मौसम मुख्यतया सफा रहनेछ।

शनिबार भने देशभर आंशिक बदली रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।