Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

विराटनगर । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ ।

संयुक्त अनुगमनका क्रममा बालगृहबाट ५ जना बालक र ९ जना बालिका गरी १४ जना बालबालिकाको उद्धार गरिएको हो ।

उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षण प्रदान गरी आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश बाल अधिकार समिति, राष्ट्रिय बाल अधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बाल कल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गरी उद्धार कार्य सम्पन्न गरेको हो ।

बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको उक्त कार्यसँगै घटनाको थप व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं