Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सहमतिको सरकार गठन गर्ने बताएका छन् । आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताएका हुन् ।

उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिए। आफूले यसअघि पहिलो पटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने प्रयास रहने बताए । उनले मन्त्रिपरिषद् विस्तार पनि राजनीतिक दलहरूसँगको छलफलपछि टुंगो लाग्ने उल्लेख गरे। उनले सरकारको ध्यान अब सुस्त गतिमा रहेका कामलाई तीव्रता दिनेतिर हुने बताए ।

भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाई छ ।

उनले भने, ‘अब समय थोरै छ । अनि प्रदेशको काम पहिलाभन्दा अलि स्लो चलिरहेको थियो । त्यसलाई अब राम्रो गति दिएर काम गर्ने र जुन अलिअलि भ्रष्टाचार छ, त्यसलाई नियन्त्रण गरेर सबै दललाई फेरि मिलाएर अब सहमतिको सरकार बनाएर अनि राम्रो काम गर्ने हो । हामी अब भोलि सबै दलसँग छलफल गर्छौँ । मेरो प्रथम प्राथमिकता रहन्छ कि सब सबै दलले मिलेर जुन पहिलो चोटि मैले जुन विश्वासको मत दिए थिएँ सबै दलबाट, त्यस्तै सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने । मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा अगाडि हामी सबै दलसँग छलफल गर्छौँ ।’

यादव यादव शनिवार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं