Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

झापा । झापाको कमल गाउँपालिका–१, शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोपाल राई छन् ।

माछा मार्न लगाएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमा नै मृत्यु भएको झापाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको थियो ।

मृतक राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । -रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं