Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा स्वागतको तयारी तीव्र पारिएको छ ।

प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरहरू नयाँ दिल्लीका विभिन्न स्थानमा रहेका सडकका पोलहरूमा राखिएका छन् ।

त्यस्तै, नेपाल र भारतका राष्ट्रिय झण्डाहरू पनि पोलहरूमा फहराएर राजधानीलाई सजाइएको छ । प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका थिए ।

प्रधानमन्त्री शाहको यो दोस्रो विदेश भ्रमण हो । दुई दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मूलगायत उच्चपदस्थ भारतीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं