Lite Nepal

सोमबार, मंसिर ०७, २०८३

विराटनगर । सिटी सफारीमा यात्रुले छुटाएको पाँच लाख रुपैयाँसहितको कालो झोला प्रहरीलाई बुझाउने चालक जीतबहादुर राई सम्मानित भएका छन्।

विराटनगरको सडकमा सिटी सफारी चलाउने क्रममा एक यात्रुले नगद पाँच लाख रुपैयाँ रहेको कालो झोला सफारीमै छाडेका थिए। झोला फेला पारेपछि चालक राईले सम्बन्धित व्यक्तिको खोजी गरी रकम सुरक्षित रूपमा फिर्ता गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ पुगेर प्रहरीलाई बुझाएका थिए।

राईको इमानदारी र सामाजिक उत्तरदायित्वको कदर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सोमबार एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो।

सोमवार विराटनगरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा ‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ नारासहित सुरक्षित यात्रा अभियान शुभारम्भ कार्यक्रममा चालक राईलाई सम्मान गरिएको हो।

हराएको रकम प्रहरीलाई बुझाएर इमानदारीको उदाहरण प्रस्तुत गरेका राईको कार्यको कार्यक्रममा प्रशंसा गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं