काठमाडौं । नेपाली बजारमा आज भने सुन चाँदीको भाउमा वृद्धि आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतिततोला सुन २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजाे सुन तोलामा २ लाख ४२ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ ।
यससँगै आज चाँदी तोलामा ३ हजार ११० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।