नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वन अन वन’ भेटवार्ता सम्पन्न भएको छ ।
सोमबार (मंसिर ७) बिहान नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ता सकिएलगत्तै दुवै प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका छन् ।

बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री बालेन र भारतीय मोदीले संयुक्त रूपमा मिडियालाई भ्रमण र यसका उपलब्धिका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।