काठमाडौं । आज बुधवार शेयर बजार सामान्य बढेर बन्द भएको छ । नेप्से परिसूचक ८ दशमलव ६६ अंकले बढेर २,६४७ को विन्दुमा कायम छ । आज १७० कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
दिनभरिमा ३५६ कम्पनीको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । यस्तै कुमारी बैंकको २२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । यस्तै हिमालयन ऊर्जा विकासका लगानकिर्ताले ८ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् भने कालिका लघुवित्तका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ३० प्रतिशतका दरले गुमाएका हुन् ।