Lite Nepal

बुधबार, मंसिर ०९, २०८३

काठमाडौं । पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लामो समयपछि राजनीतिक कार्यक्रममा सहभागी भएकी छन् ।

बुधबार हङकङमा आयोजित देउवा समूहको जनसम्पर्क समितिको अधिवेशनमा उनी सहभागी भएकी हुन् ।

नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाकी पत्नी राणा जेन जेड आन्दोलनयता राजनीतिक कार्यक्रममा देखिएकी थिइनन् ।

निर्वाचनअघि भारत हुँदै सिंगापुर पुगेकी राणाभन्दा अगाडि नै देउवा गत फागुन १३ गते त्यहाँ पुगेका थिए ।

स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा दम्पती गत चैतमा हङकङ पुगेका थिए ।

देउवा गत साउन २८ गते स्वदेश फर्किए पनि राणा हङकङमै रहेकी थिइन् । देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं