Lite Nepal

बिहिबार, मंसिर १०, २०८३

विराटनगर । उच्च अदालत विराटनगरले सरकारी निकायले आयोजना गर्ने कार्यक्रममा प्लास्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्दै उपलब्ध विकल्प अपनाउन कोशी प्रदेश सरकारसहितका निकायका नाममा परमादेश जारी गरेको छ ।

अधिवक्ता प्रमिल अधिकारीले दायर गरेको रिटमा अदालतले प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरणका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न र तिनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आदेश दिएको हो ।

प्लास्टिकको प्रयोग घटाउन आवश्यक ऐन, नियम, नीति तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन पर्याप्त नभए त्यसलाई उच्च प्राथमिकतामा राखेर आवश्यक व्यवस्था मिलाउन अदालतले भनेको छ ।

रिट निवेदकले उठाएका विषय मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अदालतले औँल्याएको छ ।

नेपालको संविधान, वातावरण संरक्षणसम्बन्धी संघीय तथा प्रदेश कानुन, नीति र कार्यक्रमका साथै अन्तर्राष्ट्रिय महासन्धि, अनुबन्ध तथा घोषणाहरूमा समेत मानव स्वास्थ्यमा असर पुर्‍याउने प्लास्टिकलगायतका सामग्रीको प्रयोग र पुनः प्रयोग क्रमशः घटाउँदै अन्ततः प्रयोग अन्त्य गर्ने व्यवस्था रहेको अदालतले स्मरण गराएको छ ।

सभा, सम्मेलन, सेमिनार तथा गोष्ठीलगायतका कार्यक्रममा प्लास्टिकको प्रयोग घटाउँदै उपयुक्त विकल्प पहिचान गरी यसको प्रयोग अन्त्य गर्ने प्रतिबद्धता विगतमा पटक-पटक व्यक्त भएको पनि परमादेशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं