Lite Nepal

बिहिबार, मंसिर १०, २०८३

इलाम । सशस्त्र प्रहरी बल नेपालले इलामको सूर्योदय नगरपालिकाका विभिन्न सीमा क्षेत्रबाट अवैध निकासी तथा पैठारी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर ९ गतेसम्म सात स्थानमा गरेको कारबाहीका क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो । सोही अवधिमा अवैध रूपमा ओसारपसार गरिएका केही पशु चौपायसमेत नियन्त्रणमा लिइएको छ ।

बरामद सामग्रीमा १७८ कार्टुन अर्थात् तीन हजार ५६० किलो स्याउ, ५७० किलो फर्सीको बियाँ, २० कार्टुन मदिराजन्य पदार्थ तथा जुत्ता-चप्पललगायत छन् ।

मानेभञ्ज्याङ र छब्बिसेस्थित बोर्डर आउट पोस्ट (बीओपी) सहितको संयुक्त टोलीले सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी र खोलागोदाम क्षेत्रबाट ती सामग्री नियन्त्रणमा लिएको हो ।

सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध निकासी-पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित गस्ती र निगरानी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं