Lite Nepal

शनिबार, मंसिर १२, २०८३

विराटनगर । गृहमन्त्री सुधन गुरुङ, गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी पुगेका छन् ।

उनी शुक्रबार साँझ (करिब राति ८ बजे) हवाई मार्गबाट विराटनगर विमानस्थल ओर्लिएका थिए र राति रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा बसेका थिए ।

त्यहाँबाट आज विहान स्थलमार्ग हुँदै इटहरी पुगेका हुन् ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा हुन लागेको १५औँ केन्द्रीय पार्षदसभामा गृहमन्त्री गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् ।

परिषद्को १५औँ केन्द्रीय पार्षदसभा आज सुनसरीको इटहरीमा आयोजना हुँदैछ । गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको हो ।

सभामा गुरुङ समुदायको सांस्कृतिक पहिचानको संरक्षण, भाषा तथा परम्पराको निरन्तरता र समुदायका साझा सवालबारे छलफल हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं