Lite Nepal

शनिबार, मंसिर १२, २०८३

सप्तरी । सप्तरीमा २०१ जना एचआइभीबाट संक्रमित रहेको पाइएको छ । जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्यांकअनुसार संक्रमित मध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका रहेका छन् । गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरूले नियमित रूपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिइन् ।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका रहेका छन् । विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए । पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्यांक छ ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रूपमा उपचार भइरहेको छ ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट संक्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन् ।

एचआइभीबाट संक्रमित नियमित रूपमा उपचार गर्न नआए उनीहरूको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ । विसं २०५२ सालदेखि एचआइभीबाट संक्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं