Lite Nepal

शनिबार, मंसिर १२, २०८३

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको छ।

शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी–२० तरहरा शान्ति टोल निवासी ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका खत्रीलाई प्रहरी चौकी तरहराको टोलीले उद्धार गरी उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर पुर्‍याएको थियो।

अस्पतालमा उपचारका लागि पुर्‍याइएका खत्रीलाई चिकित्सकले सोही दिन बिहान ६ बजेर २३ मिनेटमा मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न बस र बस चालक धनकुटा नगरपालिका–२ निवासी ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं