Lite Nepal

आइतबार, मंसिर १३, २०८३

एजेन्सी । म्यान्माको सेनाले द्वन्द्वग्रस्त क्षेत्रमा विवाह समारोहको तयारी भइरहेको घरमा हवाई आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेको सङ्ख्या १७ सम्म पुगेको हुन सक्ने एक प्रत्यक्षदर्शीले बताएका छन् ।

शनिबार शान र कायाह राज्यको सीमावर्ती क्षेत्र मोए बाइस्थित एक गाउँमा उक्त आक्रमण भएको हो । आक्रमणमा विस्थापित दुई व्यक्तिको विवाहका लागि तयारी भइरहेको घरलाई निशाना बनाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनका अनुसार विमान उडेको आवाज सुने पनि आफ्नो क्षेत्रमा बमबारी नहुने ठानेका थिए । केही समयपछि ठूलो विस्फोट भएको र घटनास्थलबाट धुवाँ निस्किएको उनले बताए ।

उद्धारका लागि घटनास्थल पुगेका उनले १७ वटा शव देखेको र धेरै मानिस घाइते भएको जानकारी दिए । स्थानीयले उपलब्ध गराएका तस्बिरमा महिला र बालकसहित कम्तीमा ६ वटा शव देखिएका छन् । यद्यपि, एएफपीले तस्बिर तथा भिडियोको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

घटनाबारे म्यान्माको सेनाको प्रतिक्रिया प्राप्त हुन सकेको छैन । सन् २०२१ को सैन्य कूपछि म्यान्मामा गृहयुद्ध जारी छ । एसीएलईडीका अनुसार द्वन्द्वमा एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं