Lite Nepal

मंगलबार, आश्विन २७, २०७७

विराटनगर । प्रदेश १ को प्रदेश स्तरीय सुरक्षा गोष्ठि मंगलबार सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल सरकार, गृहमन्त्रालयको संयुक्त आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा गोष्ठी सम्पन्न भएको हो ।

उक्त गोष्ठीमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नेपाली सेना लगायतका प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको उपस्थिती रहेको थियो ।

भर्चुअल गोष्ठमा प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला सुरक्षा समितिको तर्फबाट जिल्लाको समग्र शान्ति सुरक्षा र सेवा प्रवाहको अवस्थाको साथै कोरोना नियन्त्रणका लागि जिल्लामा भएका कामका विषयमा जानकारी गराएका थिए ।

बैठकमा नजिकिदो चाडलाई लक्षित गरी तयार पारिउको सुरक्षा योजनाका विषयमा पनि छलफल भएको छ ।

गोष्ठीमा पूर्वी पृतना हेडक्वाटर, इटहरीका पृतनापति श्री सन्तोष कुमार ढकाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख श्री गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी वल नेपालका प्रमुख श्री शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख श्री शैलेस थापा क्षेत्री, प्रदेश सरकारका प्रमुख सचिव श्री दिनेश भट्टराई र नेपाल सरकारका गृह सचिव श्री महेश्वर न्यौपानेले सुरक्षाका विषयमा बोलेका थिए ।

गोष्ठीको शुभारम्भ मन्तव्य मुख्यमन्त्री शेरधन राईले सबैलाई सम्बोधन गर्दै गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल सरकारका गृहमन्त्री माननीय राम बहादुर थापा बादलले सहभागीहरुलाई सुरक्षाको विषयगत निर्देशन दिदै सम्बोधन गरेका थिए ।

गोष्ठीको अध्यक्षता प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मतकुमार कार्कीले गरेको मन्त्रालयका सूचना अधिकारी विजय कुमार मगरले जानकारी दिए ।

गोष्ठिमा भएका निर्णय भने सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं