Lite Nepal

शुक्रबार, कार्तिक २१, २०७७

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई ८ दिने भ्रमणका लागी गृह जिल्ला ताप्लेजुङ पुगेका छन् ।

शुक्रबार विहान हवाईमार्ग हुँदै मन्त्री भट्टराई ताप्लेजुङ पुगेका हुन् । जिल्लाको बिभिन्न तहमा कार्तिक २१ गतेदेखि २८ गतेसम्म राखिएको अन्तरक्रिया र छलफलमा सहभागी हुन मन्त्री भट्टराई सहित सचिवालयको टोली ताप्लेजुङ पुगेको हो ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँका अनुसार मन्त्री भट्टराईको आज (शुक्रबार) भ्रमणको पहिलो दिनको पहिलो कार्यक्रम जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु सँग छलफल राखिएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा राखिएको छलफलको आयोजना प्रशासनले नै गरेको हो ।

यस्तै आज मन्त्री भट्टराईको दोस्रो कार्यक्रम स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितीको बैठकमा सहभागि हुने रहेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको कार्यक्रममा मन्त्रीको सहभागिता रहने छ । मन्त्री सहितको टोली आज बेलुका मित्लुङमा बास बस्ने र भोली शनिबार सिंवा माविको आईटी ल्याव उद्घाटनमा सहभागी रहने बताईएको छ ।

आजको पहिलो कार्यक्रम दिउँसो १ बजे र दोस्रो ३ बजे हुने छ । मन्त्री सहभागी हुने सबै कार्यक्रम बढीमा दुई घण्टाको मात्रै रहने र सबै कार्यक्रम सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन हुने मन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं