Lite Nepal

शुक्रबार, कार्तिक २१, २०७७

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले मंसिर महिना देखि सबै पर्यटकीय गतिविधी खुल्ला गर्ने बताएका छन् ।

शुक्रबार विहान सोलुखुम्बुको विमानस्थल निरिक्षण पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले आगामी मंसिर नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड लागु गर्दै पर्यटकीय गतिविधी खुल्ला गर्ने बताएका हुन् ।

यसको पहिलो सुरुवाती आन्तरिक पर्यटनको प्रवर्दन गर्दै गरिने मन्त्री भट्टराईको भनाई छ । यसका लागि सरकारले देशदर्शन कार्यक्रम अघि ल्याएको र यो अभियानमा सबै नागरिकको साथ आवश्यक रहेको उनको भनाई छ ।

उनले कोरोनाको असर पर्यन क्षेत्रमा बढी देखिएको र अब क्रमश विश्वमानै संक्रमण घट्दै जाँदा सन २०२१ बाट नेपालको पर्यटन क्षेत्र पुनः पुरानै अवस्थामा फर्काउने गरी सरकारले काम गरिरहेको समेत जानकारी दिए ।

उनले अब पुनः लकडाउन गर्ने भन्दा आफुलाई सुरक्षित राखेर दैनिक गतिबिधीमा फर्कनु पर्ने अहिलेको आवस्यकता रहेको बताए ।

कोरोना संक्रमणको विषयमा बोल्दै उनले सरकारी अस्पतालमा कोरोनाको पहिले, अहिले र भोली जहिले पनि निशुल्क उपचार भईरहेको र हुने बताउँदै यो विषयमा नागरिक आतिनु पर्ने अवस्था नरहेको उल्लेख गरे ।

हाल सम्म नेपालमा करिब १५ लाख नागरिकको पीसीआर परिक्षण भएकोमा १४ लाख को सरकारलेनै निशुल्क परीक्षण गरेको दाबी गर्दै उनले गरिव जनताको साथमा सँधै सरकार रहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं