Lite Nepal

आइतबार, कार्तिक २३, २०७७

काठमाडौं । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्‍यो रु पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरूलाई सुनाएपछि राजनीति तरंगित भयो। तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन्। ‘कसले गर्‍यो पार्टी फुट्ने कुरा रु मैले रु’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तर्वार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूले नै अलि अगाडि पत्रकार सम्मेलनै गरेर जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको होइन रु मैले भनेको हो र रु जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको के रु पार्टी फुट्न सक्छ भनेको होइन र रु’

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नो गरौं, तर झगडा नगरी सल्लाहमा गरौं भनेर बोल्ने गरेको ओलीको आरोप छ। ‘फेरि अर्को साथीले पनि त्यस्तो भन्नुभयो भन्ने कुरा छलफलका क्रममा प्रचण्डजीले मसँग भन्नुभयो’, उनले भने, ‘त्यसपछि मैले उहाँलाई सोधें, त्यस्तो स्थिति आउन दिने रु अनेकतातिर जान दिने रु एकताबद्ध बनाएरै पार्टीलाई अगाडि बढाउनुपर्छ, अरू प्रकारका गुटगत क्रियाकलाप तपार्इंहरू गर्दै हुनुहुन्छ, यो नगरौं भनेको हुँ।’

तर, पार्टी कसैले फुटाउन नपाउने उनले बताए। भने, ‘पार्टी कुनै हालतमा फुट्दैन, फुट्न दिइन्न।’ बरु सचिवालयका ५ नेताको बेला–बेलाको बसाइको उनले कडा कटाक्ष गरे। ‘उहाँहरू पाँच जना बस्ने गर्दै आइरहनुभएकै छ। यो विल्कुल अस्वस्थ तरिका हो। गलत तरिका हो’, ओलीले भने। कर्णालीमा आफूमाथि आक्षेप लगाएर चुपचाप बसेको दाहालमाथि ओलीको आरोप छ। ‘पार्टीमा समस्या भइरहेको छ भने कार्यकारी अध्यक्ष हुँ भन्ने मान्छेले हेर्नु पर्दैन रु त्यो थाहा पाएर मलाई भन्नु पर्दैन रु दर्ता भइसकेपछि उहाँले मलाई सूचना गर्नुभयो। उहाँको काम पार्टी सञ्चालन गर्ने होला, पार्टी हाँक्ने, मिलाउने होला। त्यो गर्नु पर्दैन रु मेरो टाउकामा हाल्ने रु’

अध्यक्ष दाहालसहित सचिवालयका ५ नेता शनिबार प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग पार्टी बैठक बोलाउन माग गर्दै बालुवाटार पुगे। अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई पत्रै बुझाए। अन्नपूर्ण पोस्ट्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं