Lite Nepal

बुधबार, मंसिर ०३, २०७७

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायलाई कार्तिक २ गते ज्वरो र टाउको दुख्ने समस्या भयो । कोरोना भाइरस (कोभिड १९) को लक्षण मिलेपछि कार्तिक ४ गते विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा कोरोना परीक्षणको लागि स्वाब दिएका थिए । तीन दिनपछि रिपोर्ट पोजेटिभ आयो ।

संक्रमण पुष्टि भएपछि उनि होम आइसोलेशनमा बसे । ११ दिन होम आइसोलेनमा बसेपछि कात्तिक १७ गते रायले नेगेटिभ आउने आशमा विराटनगरको विराट मेडिकल कलेजको ल्याब उनले स्वाव दिए । तर, त्यसको रिपोर्ट कात्तिक १८ गते पुनः पोजेटिभ आयो । ११ दिन होम आइसोलेनमा बसेर गराएको परीक्षणमा पुनः पोजेटिभ देखाएपछि उनी फेरी ७ दिन आइसोलेनसमा बसे ।

कात्तिक २५ गते रायले पुनः विराटमानै स्वाब दिए । स्वाब दिएको ५ घण्टापछि रिपोर्ट त आयो पुनः पोजेटिभ नै । स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि रायलाई ल्यावको रिपोर्टमा संका लाग्यो र विराटनगर ४ बरगाछीमा सञ्चालित बी सियोर ल्याबमा गएर सोही दिन पुनः पीसीआर परीक्षणको लागि स्वाब दिए । बी सियोर ल्याबले भने उनलाई नेगेटिभ रिपोर्ट दियो । उनि भन्छन् ‘ल्याव सबै सरकारद्धारा मान्यता प्रप्त भन्छन्, चेक पनि गर्छन्, तर एकै दिन आएको रिपोर्ट फरक फरक छ,’ कुनलाई आधार मान्ने ?’

तीन पटक सम्म पोजेटिभ रिपोर्ट आएका रायलाई अहिले कुनै स्वास्थ्य समस्या छैन । पहिलो पटक कोशीमा चेक गरेर पोजेटिभ रिपोर्ट आएको पनि एक महिना हुन लाग्यो । त्यस पछि दुई पटक सम्म आइसोलेसन बसेपछि मनको सन्तोकका लागि नेगेटिभ आउने आसामा विराट मेडिकलको ल्याव चहारेका रायले ल्याव परिवर्तन गर्दा मात्रै नेगेटिभ रिपोर्ट हात पारे ।

तर, एकै दिन पोजेटिभ र नेगेटिभ रिपोर्ट आउँदा अहिले सम्म मन सन्तोक भने नभएको राय बताउँछन् । ‘कोरोना जस्तो कुरा, परिवार सँगै बस्नुपर्ने, हिड्नु पर्ने, एउटा रिपोर्टले नहिड भन्ने देखाउँछ, अर्कोले कोरोना छैन भन्ने देखाउँछ,’ उनले प्रश्न गर्दै भने ‘अब मैले गर्ने के हो ?’

दुईवटा फरक रिपोर्टका कारण अहिले राय तनाबमा छन् । ‘रिपोर्टले मानसिक तनाब बढायो, सरकारी ल्यावमा स्वाव दिने ठाउँ पाईदैन, आफै पैसा तिरेर निजीमा गरौँ विश्वास नहुने भयो,’ उनी गुनासो पोख्छन् । अहिले आफुले पहिलेको स्वाव दिएको १४ दिन कटाएकाले बाहिर सामाजिक दुरी कायम गरेर दैनिक काम गरिरहेको उनले बताए ।

पछिल्लो समय सरकारले निजी क्षेत्रलाई पनि कोरोना परिक्षणका लागि अनुमती दिन थालेपछि विराटनगरमा पीसीआर परिक्षण गर्ने निजी ल्याव बाक्लो संख्यामा खुलेका छन् । तर, ल्यावनैपिच्छे फरक रिपोर्ट आउँदा जोखिम बढेको छ भने स्थानीय नागरिक थप समस्यामा परेका छन् ।

कोरोना महामारीकै समयमा रकम कमाउने ध्यानमा धेरै ल्याव खुल्दा सही तरिकाले स्वाव संकलन र परिक्षण हुन छाडेको मानवअधिकारकर्मी बताउँछन् । ‘सही रिपोर्ट दिने भन्दा, प्रतिस्प्रधामा खोल्ने क्रम बढेको छ, यसले नियन्त्रण भन्दा पनि जोखिम बढेको छ,’ मानवअधिकारकर्मी घनश्याम गामनागे भन्छन् ‘ल्याव र त्यसमा काम गर्नेको दक्षता नहेरी सरकारले अनुमती दिँदा यो जोखिम बढेको हो ।’

यता स्वाब संकलन गरेको समय, प्रक्रिया र परीक्षण गर्ने किटको आधारमा कहिलेकाहीँ फरक फरक रिपोर्ट आउने माइक्रोबायोलोजिष्ट विवेक तिम्सिना बताउँछन् । ‘सहि तरिकाले स्वाव लिए एकै रिपोर्ट आउँछ, नमुनाको क्वालिटी फरक पर्दा यो समस्या देखिने गरेको छ,’ उनले भने ‘स्वावको क्वालिटीमा ध्यान दिए यो समस्या हुँदैन ।’ घाँटी र नाकबाट लिने स्वाबको नमुनाको क्वालिटी पहिले टेस्ट गर्न आवस्यक रहेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा