Lite Nepal

बुधबार, मंसिर ०३, २०७७
सचिवालय बै‌ठकमा सहभागिहरु

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक बालुवाटारमा जारी छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बैठक बालुवाटारमा सुरु भएको हो।

बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गरेको प्रस्तावमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नजनाएपछि निर्धारित समयमै बैठक सुरु भएको हो।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै बीच आरोप–प्रत्यारोपले नेकपाको विवाद चरम बिन्दुमा पुगेको छ।

ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। बुधबारको बैठकमा समेत ओलीले उक्त प्रस्ताव फिर्ता गर्न अनुरोध गर्ने अनुमान गरिएको छ। प्रचण्डले २८ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।

केही समयअघि मात्र प्रधानमन्त्री ओलीले शीतल निवासमा राष्ट्रपति भण्डारीसँगको छलफल गरेका थिए। दिउँसो तय भएको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठक अगाडि ओली शीतल निवास पुग्नुलाई महत्वका साथ हेरिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं