काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णालीका हिमाली तथा कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

तराईमा भने मौसम मुख्यतया सफा रहनेछ।

बिहान तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।