Lite Nepal

बिहिबार, मंसिर ०४, २०७७

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सूर्यको आराधना गरेर मनाईने छठ पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व रहेको बताएका छन् ।

विहीबार छठको शुभकामना सन्देश दिदै मन्त्री भट्टराईले प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्व भएको बताएका हुन् ।

‘यस पर्वसँग हाम्रो मौलिक सांस्कृतिक पृष्ठभूमि मात्र जोडिएको छैन, मानव जीवन अस्तित्वसँग जोडिएको उर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाईने यो पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व पनि छ,’ शुभकामना सन्देशमा उल्लेख छ ।

छठको अवसरमा उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिँदा प्रकृति र मानवबीचको गहिरो अन्तरसम्बन्ध झन् प्रगाढ हुने विश्वास मन्त्री भट्टराईले लिएका छन् ।

‘अब यो पर्व एउटा समुदाय, एउटा भूगोल विशेषमा मात्र सीमित रहेको छैन, विगतमा मुख्य रुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यका लगायत मुलुकका अन्य भूभागमा पनि धुमधामसँग मनाउन थालिएको छ,’ उनले भने ‘जसका कारण हाम्रो मौलिक संस्कृतिको आयातन फराकिलो बनेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं