Lite Nepal

बिहिबार, मंसिर ०४, २०७७

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा मोरङ ब्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष ५८ वर्षीय राउत बिहीबार निर्वाचित भएका हुन् ।

भोजपुरमा जन्मिएका उद्योगी राउतले निर्वाचित भएसँगै विहीबार सञ्चारकर्मी सँगै कुरा गर्दै अब आफुले उद्योगी व्यवसायीको हितमा मिलेर काम गर्ने बताए । उद्योगी राउतले कार्तिक २७ गते उमेद्वारी दर्ता गराएका थिए । महासंघको निर्वाचन मंसिर ११, १२ र १३ मा काठमाडौंमा हुदैछ ।

उद्योगी राउत व्यवसायसंगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहदै आएका छन् । विराटनगरलाई कर्मथलो बनाएर व्यवसाय गर्दै आएका राउतले मोरङसंगै सुनसरी, उदयपुर, मकवानपुर, लगायतका स्थानमा व्यवसायिक काम गरिरहेका छन् ।

राउतले गार्मेन्ट, चुनढुंगा, सिमेन्ट, जुत्ताचप्पल, हेभी इक्युपमेन्ट, पेट्रोलियम लगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् । यससंगै राउत पर्यटन प्रवद्र्धनका क्रममा पाँचतारे होटल सञ्चालन गर्ने तयारीमा समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं