Lite Nepal

बुधबार, मंसिर १७, २०७७

विराटनगर । प्रदेश १ मा बुधबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, मोरङको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ५३३ पुगेको छ ।

प्रदेश १ मा बुधबार ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४ सय २७ पुगेको छ ।

प्रदेश १ मा बुधबार ४ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा