Lite Nepal

बिहिबार, मंसिर १८, २०७७

काठमाडौं । कोरोना महामारीसँगै सुरु भएको कोरोना बीमाका कारण बीमा कम्पनीहरु टाट पल्टन सक्ने खतरा बढ्दै गएको चर्चा शुरु हुन थालेको छ । बीमा दाबी भुक्तानीमा समस्या त छँदैछ, परेको दाबी सबै भुक्तानी भए बीमा कम्पनीहरु नै समस्यामा पर्नसक्ने खतरा बढ्दै गएको हो ।

एकातिर बीमा समितिले पोलिसि बेच्न स्वीकृति दिनु नै गलत भएको तर्क छ भने अर्कोतर्फ दाबी गरेको लामो समयसम्म पनि भुक्तानी नपाउँदा बीमा गर्नेहरु बीमा कम्पनीप्रति आक्रोशित छन् ।

बीमा समितिका एक उच्च अधिकारीले कोरोना बीमामा परेको दाबी सबै भुक्तानी गरे बीमा कम्पनीहरुलाई समस्या पर्ने बताउँछन् । उनका अनुसार केही बीमा कम्पनीहरुले त बीमा भुक्तानी गर्दा आफ्नो पुँजी नै सकिन लागेको गुनासो गर्न थालेका छन् ।

यसैबीच अर्थ मन्त्रालयले कोरोना बीमा दावी भुक्तानीमा हुँदै आएको ढिलाइप्रति चासो राख्दै बीमा समितिलाई ४ बुँदे निर्देशन दिएको छ । जसअनुसार कोरोना बीमा मापदण्डअनुसार प्रक्रिया पुरा भएका दावीहरुको भुक्तानी ३ दिनभित्र गरी दैनिकरुपमा मन्त्रालयमा जानकारी गराउन भनिएको छ । यसअघि मन्त्रालयले ७ दिनभित्र भुक्तानी दिन भनेको थियो ।

यस्तै भेरिफिकेशन गर्न बाँकी दावीको यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि निर्देशन मन्त्रालयले दिएको छ । यस्तै दावी भुक्तानीका क्रममा देखिएका समस्या, कुन बीमा कम्पनीको कति दावी पेन्डिङमा रहेको र समस्या समाधानमा समितिबाट भएका पहलका साथै मन्त्रालयले गर्नुपर्ने पहलका विषयमा जानकारी गराउन मन्त्रालयले भनेको छ ।

कोरोना बीमा दावी भुक्तानीका सम्बन्धमा मन्त्रालयमा विभिन्न गुनासा आउन थालेपछि अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं