Lite Nepal

सोमबार, भाद्र २२, २०८३

फिलिपिन्स । फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चार वटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयले आइतबार दिएको जानकारीअनुसार यी प्राकृतिक विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा ११ अर्ब ९२ करोड पेसो (करिब १९ करोड १ लाख अमेरिकी डलर) बराबरको क्षति पुगेको छ ।

कार्यालयकाअनुसार विपद्मा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन् । बेपत्ता रहेका अन्य ५ जनाको खोजी कार्य जारी रहेको बताइएको छ । यस प्राकृतिक विपद्बाट फिलिपिन्सका ६ हजार ९०० गाउँका करिव २९ लाख परिवारका १ करोड २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

भौतिक क्षतितर्फ कुल ४ हजार ५०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ । जसमध्ये ३ हजार ९०० घरमा आंशिक क्षति पुगेको छ भने ५८५ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं