Lite Nepal

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं । नेपाली अलैँचीको जात पहिचान गरिएको छ। नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ। नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन।

अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ। नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ। नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो।

नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ। अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो।

केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ। अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कित भएपछि औपचारिकरूपमा जातको विभाजन हुन्छ।

अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैँची नेपाली जातका रूपमा दर्ता गर्न सिफारिस गरिएको अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं