Lite Nepal

शनिबार, पुष ११, २०७७

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफ्नै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्बो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेका हुन् ।

‘आफू सहभागी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफैँ लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्रीलाई बर्खास्त गरेको छु’, मुख्यमन्त्री राईले भने । नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको बताए । पाँचथर घर भएका मन्त्री आङ्बो पूर्वमाओवादी नेता पनि हुन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । केन्द्रमा प्रधानमन्त्री ओलीको एउटा समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अर्को समूह बनेको छ ।

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री राई ओली समूहका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं