Lite Nepal

शनिबार, पुष १८, २०७७

काठमाडौं । विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७० प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ५ करोड ९६ हजार २१ हजार नाघेको छ ।

अहिलेसम्म १८ लाख ६४ हजार ३५४ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

२७ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड २८ लाख ९६ हजार ९२२ छ । यसमध्ये १ लाख ६ हजार ५५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेका अमेरिकामा २ करोड ६ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ५६ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं