Lite Nepal

शुक्रबार, पुष २४, २०७७

ताप्लेजुङ । प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको सामुदायीक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो निभाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, वन कर्मचारी, पाथीभरा कर्मचारी र स्थानीयलाई १५ दिन लागेको छ ।

आगो निभाउन नेपालमै पहिलो पटक हेलिकप्टर समेत प्रयोग गरियो । सिम्रिक एयरको हेलिकप्टरले मन्दिर परिसरमा पुगेको आगो निभाउन दुई दिनसम्म पानी खन्याएको थियो । झापा, इलाम र पाँचथरका गुल्मबाट नेपाल आर्मी र ताप्लेजुङबाट प्रहरीले आगो निभाउन फेदीबाट जर्किनमा पानी बोकेर लगेका थिए ।

३ हजार ५ सय भन्दा माथी उचाईको क्षेत्र भएकाले यहाँ आगो निभाउन पानीको अभाव भएको थियो । दुई घण्टा पैदलमा रहेको फेदीबाट पानी ओसार्दा समय लागेको स्थानीयको भनाई छ ।

आगो निभाउन खटिएको तीन वटै सुरक्षा निकायको टोली विहिबार सदरमुकाम फुङलिङ फर्किएको छ । ‘सबैको प्रयासले डढेलो नियन्त्रणमा आएको छ,’ डिभिजन वन कार्यालय ताप्लेजुङका फरेष्टर फुपुग्याबु शेर्पाले भने । डढेलो लागेको वन फुङलिङ नगरपालिका, सिरिजंघा र फक्ताङलुङ गाउँपालिकामा पर्छ ।

सो क्षेत्रको सिम्बु र सुनपाती सामुदायीक वनमा पौष ९ गतेदेखि डढेलो लागेको थियो । दुवै वनको आगो पाथीभरा मन्दिरसम्म नै पुगेको थियो । डढेलोले १ सय ४० हेक्टर भन्दा धेरै वन क्षेत्र खरानी भएको शेर्पाको भनाई छ ।

तत्कालका लागि डढेलो नियन्त्रण भए पनि जोखिम भने कायमै रहेको फरेष्टर फुपुग्याबु बताउँछन् । ‘ठूलो आगो मात्रै निभेको हो, घना जंगल भित्र रुखमा अझै पनि आगो रहेको हुनसक्छ,’ उनी भन्छन्, सुख्खा खडेरी लागीरहेकाले आगो जुनसुकै बेला फैलन सक्ने हुँदा सतर्क चाहिँ हुनैपर्छ ।’ पानी नपर्दासम्म ढुक्क हुने अवस्था भने नरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं