Lite Nepal

बिहिबार, माघ १५, २०७७

काठमाडौं । काठमाडौं उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न सहमत जनाएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यकाबाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र उपत्यकाबाहिरका तोकिएका स्थानबाट समेत सुन वितरणको व्यवस्था मिलाउन आग्रह गरे । त्यसक्रममा बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाललगायत संघका पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताए ।

नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको वयवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपी सो विषय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण उपत्यकाबाहिरका व्यवसायी सुन खरिदका लागि काठमाडौंमा आउनुपर्ने झन्झट कायम छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं