Lite Nepal

सोमबार, बैशाख २७, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठक सकिएलगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बालुवाटार स्रोतले जनाएको छ।

यस अगाडि साँझका लागि निर्धारण गरिएको मन्त्रिपरिषद् बैठक बोलाएपनि संसद् बैठक जारी रहेकाले केहि समय पछाडि सरेको छ।

प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। समसामयिक राजनीतिक घटनाक्रमलाई लक्षित गरी प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ। ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं