Lite Nepal

मंगलबार, बैशाख २८, २०७८

विराटनगर । कोरोना संक्रमण बढेसँगै अक्सिजनको मात्रा नाप्ने अक्सिमिटरको माग बजारमा ह्वातै बढेको छ । यसको माग बढेसँगै यसको कालोबजारी र नक्कली उत्पादन गर्ने र महामारीमा लुट मचाउने क्रम पनि सुरु भएको छ ।

प्रहरीले नक्कली अक्सिमिटर बेच्ने ७ जनालाई काठमाडौंबाट पक्राउ गरेसँगै यसको रहस्य खुलेको छ । उत्पादन मिति, म्याद समाप्त मिति, खरीद मूल्य, उत्पादक कम्पनीको नामलगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्यको ७६५ वटा अक्सिमिटरसहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध शाखा मिनभवनका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण कोइरालाले यसको पुष्टि गरेका छन् ।

सिन्धुली कमलामाई नगरपालिका ४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक शिखर श्रेष्ठ, बाजुराको खप्तड गाउँपालिका वडा नं. ६ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ५ कुपण्डोल बस्ने थुमराज उपाध्याय, स्याङ्जा पञ्चमुल गाउँपालिका वडा नं.६ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै अन्य पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका २ तिनपैनी घर भई हाल काठमाडौं महानगरपालिका २८ अनामनगर बस्ने ४४ वर्षका विशाल आचार्य, सुनसरी इनरुवा नगरपालिका वडा नं.६ घर भई हाल काठमाडौं भीमसेनगोला बस्ने चिरायु केडी ग्रूप प्रालिमा काम गर्ने पुष्कर घिमिरे, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं.६ घर भई हाल काठमाडौं बागबजार बस्ने २१ वर्षका सन्तोष भण्डारी र भारत राजस्थान झुन्झुनु घर भई हाल काठमाडौं ढुंगे अड्डा बस्ने ५५ वर्षका जगदिशप्रसाद रानासरिबालाई पक्राउ गरेको जनाएको छ ।

शाखाका सूचना अधिकृत कोइरालाले पक्राउ परेकामध्ये विशाल आचार्यले आचार्यले डिएण्डडि इन्टरप्राइजेज न्यूरोडमार्फत् चीनबाट मास्कको तुना ल्याउँदा तुनाको बक्साभित्र लुकाएर ती अक्सिमिटरहरु ल्याएको बताएको जानकारी दिए ।

उनीहरुले बजार ६÷७ सय पर्ने अक्सिमिटरहरु २ हजार २ सय २० सम्म अधिक मूल्यमा बेच्ने गरेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं