Lite Nepal

बुधबार, साउन २१, २०७७

विराटनगर । सुनको मूल्य १ लाखभन्दा माथि पुगेको छ। छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार १ हजार ६ सय रुपैयाँ बढेको हो।

मंगलबार ९९ हजार ८ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। बुधबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन झण्डै २ हजार डलर प्रतिऔँस पुगेको छ। खासगरी कोरोना महामारी र चीन–अमेरिका तनाव बढ्दा त्यसको असर सुनमा परेको हो। नेपालमा नयाँ बजेटयता निरन्तर बढिरहेको सुन साउन लागेयता बढेको बढ्यै छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं