Lite Nepal

मंगलबार, आषाढ ०१, २०७८

विरानगर । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि सो रकम विनियोजन गरेको बताएका हुन् ।

सरकारले मेची अस्पताललाई दुई सय बेड, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र अन्य जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने योजना बनाएको छ ।

प्रदेश सरकारले कोसी कोभिड अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।

कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि प्रदेशले ४४ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि एक अर्ब १९ करोड बजेट विनियोजना गरेको छ । सो बजेटले पुस्तकालय, संरचना र शैक्षिक सामग्री सुधार गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं