Lite Nepal

शनिबार, साउन २४, २०७७

बिर्तामोड । निषेधाज्ञा लागू गरी झापाको बिर्तामोड नगरपालिकाले ‘मास स्क्रिनिङ’ थालेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दाको पीसीआर परीक्षण थालिएको हो ।

नगरपालिकाले एक सातामा नगर क्षेत्रका ८ सय ४४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि ल्याबमा पठाएको छ । कम्तीमा एक हजार जनाको पीसीआर परीक्षण गर्ने गरी स्वाब लिने काम जारी राखेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति बिर्तामोडका संयोजक ओम खड्काले बताए ।

सशस्त्रका प्रहरी निरीक्षक, एक जवान र दुई बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणको दायरा बढाएको खड्काले बताए ।

दुई साताअघि बाह्रदशी गाउँपालिकाका एक औषधि व्यवसायी र एक नेकपाका स्थानीय नेतामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरू संक्रमित रहेकै समयमा बिर्तामोड आएको तथा औषधि व्यवसायीहरू उनीहरूको सम्पर्कमा पुगेकाले मास स्क्रिनिङ गर्नुपरेको खड्काको भनाइ छ ।

समुदायमा संक्रमणको जोखिम कम गर्न नगरपालिकाले साउन १९ देखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन घोषणा गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ९३ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं