Lite Nepal

शनिबार, आषाढ ३२, २०७९

काठमाडौं – पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको तथ्य महालेखा परिक्षकको प्रवेदनले सार्वजनिक गरेको छ ।

महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख छ । त्यसबेलाको मूल्यअनुसार उक्त सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा भनिएको छ ।

जलहरी राख्ने समयमा कोषले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा रुपैयाँ खरिद गरेको थियो ।

सुनमा अन्य धातु र रसायनको मिश्रण, तामा २ किलो ८ सय ९० ग्राम, चाँदी १ किलो २ सय ४९ ग्राम, जिंक १२ किलो ७ सय ५० ग्रामसमेत प्रयोग गरी १ सय ७ किलो ४ सय ९० ग्राम सुन कायम रहेको उल्लेख गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं