Lite Nepal

आइतबार, साउन ०१, २०७९

विराटनगर – प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताउनुभएको छ ।

जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्रालयका सचिव डा अनुज भट्टचन, कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेल लगायतले आज कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको निरीक्षणका तथा अवलोकनका क्रममा उहाँले सरकार जनताको स्वास्थ्य सुरक्षाप्रति चिन्तित रहेकाले कोभिड उपचारमा कुनै किसिमको कमि हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी दाहालले सङ्घ र प्रदेशको संयुक्त पहलमा कोभिडको नियन्त्रण र उपचारमा क्रियाशील रहेको बताउनुभयो । उहाँले कोभिडको रोकथामका लागि सीमा नाकाबाट आउने यात्रुको आवश्यक एन्टिजेन परीक्षण तथा रोकथामका लागि प्रचार गर्नु स्थानीय पालिकाले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

कारागारमा रहेका सङ्क्रमित कैदीबन्दीमध्ये १९ जनालाई उपचारका लागि केन्द्रमा राखिएको र अन्यलाई आज ल्याउने जानकारी दिइयो । निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कारागारका रहेका बन्दीमा ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएमा पिसिआर परीक्षण गर्ने कारागारका निमित्त प्रमुख तुलसुीराम भगतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं