Lite Nepal

सोमबार, चैत्र २७, २०७९

काठमाडौं – भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरू हुँदैछ । तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा सुरु हुन्छ ।

‘बिस्काः’ पनि भनिने बिस्केट जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने र वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने गर्दछन् । यही क्रममा चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिंगो ठड्याउने, वैशाख १ गते दिनभर लिंगो जात्रा गरी साँझ सो लिंगो ढाल्ने गरिन्छ ।

भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच कहिलेकाहिँ झगडा हुँदा तनावको स्थिति पनि सिर्जना हुने गर्दछ । त्यसैले जत्रालाई शान्तिपूर्ण रुपमा मनाउन आह्वान गर्दै भक्तपुरमा आइतबार सदभाव र्‍याली निकालिएको थियो ।

गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा